२५ आश्विन २०८३, आइतबार | October 11, 2026

काँग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा



काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् ।

स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छैन । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : २९ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

घरघरमा जमरा राखियो

काठमाडौं । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम