४ चैत्र २०८२, बुधबार | March 19, 2026

पेशागत महासंघले ग¥यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान



बुटवल । पेशागत महासंघ नेपाल रुपन्देहीले एमालेको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।

एक कार्यक्रमका बिच महासंघले एमालेको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पेशाकर्मीको हक अधिकारको रक्षा र उनीहरुका पेशागत मुद्दाहरुका विषयमा पार्टी सहजीकरण गर्न तयार रहेको बताए ।

निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत विभिन्न क्षेत्रमा क्रियाशिल पेशाकर्मीले सेवाग्राहीलाई सहजरुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिंदै उनले पेशागत हक अधिकारका विषय मात्र नभएर सिंगो कर्मचारी संयन्त्रका साझा विषयलाई संबोधन गर्न एमालेले गम्भीरतापुर्वक पहलकदमी लिने बताए ।

पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज रमेश पाण्डेले संघीय निजामती सेवा ऐन अझै जारी हुन नसकेको, स्थानीय तहका कर्मचारीका समस्या अझै यथावत रहेको भन्दै आफूहरुले उठाएका मुद्दालाई संबोधन गर्नेगरी ठोस पहलकदमी लिन एमाले नेतृत्वसँग आग्रह गरे ।

पेशाकर्मीहरुले आफ्नो क्षेत्रमा गुणस्तर सेवा दिन प्रतिवद्ध रहेको भन्दै उनले प्रत्यक्ष राजनीतिमा संलग्न हुन नपाए पनि नागरिकलाई गुणस्तरीय सेवा प्रदान गरेर आफ्नो क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने काममा महत्वपूर्ण योगदान पु-याइरहेको बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं पेशागत महासंघ नेपाल लुम्बिनी प्रदेश इन्चार्ज कल्पना थापाले पेशाकर्मीहरुको पेशागत सुरक्षाका लागि सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।

पेशागत महासंघ नेपाल रुपन्देहीका अध्यक्ष राजीव अर्यालले पार्टी र पेशाकर्मीहरुबिचको सम्बन्ध सुद्धृढ गर्नका लागि पनि स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम गरिएको बताए ।

त्यस अवसरमा पेशागत महासंघ नेपाल रुपन्देहीका उपाध्यक्ष नरेन्द्र कुमार शर्मा, सदस्य नविन घिमिरेलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ३३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन