३ असार २०८३, बुधबार | June 18, 2026

अर्को वर्षदेखि ई-पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना



कोलम्बो । श्रीलङ्काले सन् २०२५ जनवरीदेखि लागू हुने गरी आफ्ना नागरिकहरूलाई ई-पासपोर्ट उपलब्ध गराउने योजना बनाएको देशको अध्यागमन विभागले बुधबार बताएको छ ।

विभागले राहदानीका लागि आवेदन दिने नयाँ पद्धतिलाई सोहीअनुसार कार्यान्वयन गर्नेछ ।

यहाँ जुलाई १६ देखि लागू हुने श्रीलङ्काली राहदानीहरूका लागि आवेदन गर्न पूर्व दर्ता आवश्यक हुने र जुलाई १६ मा दर्ता भएका आवेदकहरूका लागि नयाँ पद्धति जुलाई १९ देखि सुरु हुने विभागले जनाएको छ ।

विभागले दर्ता गरेपछि प्राथमिकताका आधारमा नयाँ राहदानी वितरण गर्नेछ ।

यसअघि, विभागले कोलम्बो बाहिर बसोबास गर्नेहरूलाई राहदानी आवेदन वा नवीकरणका लागि कोलम्बोको मुख्य कार्यालय जाने आवश्यकता हटाउन अनलाइन राहदानी आवेदन प्लेटफर्म ल्याएको थियो ।

सन् २०२२ को आर्थिक सङ्कटपछि ठूलो सङ्ख्यामा श्रीलङ्कालीहरूले विदेशी काम खोज्दै नयाँ राहदानीका लागि आवेदन दिइरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ४३ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका