२० मंसिर २०८२, शनिबार | December 6, 2025

अर्को वर्षदेखि ई-पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना



कोलम्बो । श्रीलङ्काले सन् २०२५ जनवरीदेखि लागू हुने गरी आफ्ना नागरिकहरूलाई ई-पासपोर्ट उपलब्ध गराउने योजना बनाएको देशको अध्यागमन विभागले बुधबार बताएको छ ।

विभागले राहदानीका लागि आवेदन दिने नयाँ पद्धतिलाई सोहीअनुसार कार्यान्वयन गर्नेछ ।

यहाँ जुलाई १६ देखि लागू हुने श्रीलङ्काली राहदानीहरूका लागि आवेदन गर्न पूर्व दर्ता आवश्यक हुने र जुलाई १६ मा दर्ता भएका आवेदकहरूका लागि नयाँ पद्धति जुलाई १९ देखि सुरु हुने विभागले जनाएको छ ।

विभागले दर्ता गरेपछि प्राथमिकताका आधारमा नयाँ राहदानी वितरण गर्नेछ ।

यसअघि, विभागले कोलम्बो बाहिर बसोबास गर्नेहरूलाई राहदानी आवेदन वा नवीकरणका लागि कोलम्बोको मुख्य कार्यालय जाने आवश्यकता हटाउन अनलाइन राहदानी आवेदन प्लेटफर्म ल्याएको थियो ।

सन् २०२२ को आर्थिक सङ्कटपछि ठूलो सङ्ख्यामा श्रीलङ्कालीहरूले विदेशी काम खोज्दै नयाँ राहदानीका लागि आवेदन दिइरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ४३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति