८ भदौ २०८३, सोमबार | August 24, 2026

सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा आज सुझाव पेस गरेको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले सञ्चारमन्त्री गुरूङ समक्ष सञ्चार क्षेत्रका कार्यक्रम सम्बन्धी १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रका १३ बुँदे सुझाव पेस गरेको हो ।

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थालगायत छन् ।

सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरूङले यसलाई गम्भीरताका साथ कार्यान्वयनमा लाने प्रतिबद्धता जनाएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ४० बजे

बाँकेमा थपिए एचआइभीका नयाँ संक्रमित

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा एचआइभीका नयाँ रोगी फेला परेका

कर्णाली मन्त्री छनौटमा नेकपा भित्र विवाद हुँदा शपथ स्थगित

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार