१७ माघ २०८२, शनिबार | February 1, 2026

बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर सडकमा क्षति



पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए। राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए ।

यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ । बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताए।

बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ । याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको । सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले बताए।

वडाध्यक्ष राईका अनुसार बाढीपहिराले अवरुद्ध सडक पुष्पलाल ९मध्यपहाडी०राजमार्ग योजना कार्यालय फिदिम तथा याङवरक गाउँपालिकाको समन्वयमा एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्नेछ । “अहिले मध्यपहाडी राजमार्ग कामचलाउ सञ्चालन भए पनि वर्षा हुनासाथ दुर्घटनाको जोखिम छ”, राईले भने, “अन्य ग्रामीण सडक क्षतविक्षत छन् ।”

बाढीपहिराले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ । याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँचीखेती हुने सयौँ रोपनी जमिन पहिराले बगाएको छ । बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो । उक्त पुल हालसम्म पुनःनिर्माण भएको छैन ।

यसैबीच, याङवरकका पाँचवटा वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले बाढीपहिराबाट हालसम्म १० परिवार पूर्ण रूपमा विस्थापित भएका जनाएको छ । रासस

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ९ : १४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले