२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीको तिलोत्तमामा रहेको शक्ति फूड प्रोडक्सनको सौर्य ब्राण्डले गर्यो एन्यूअल मिट



बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको शक्ति फूड प्रोडक्स प्रा.लीले बिहिबार दोस्रो वार्षिक बजार समीक्षा सम्पन्न गरेको छ । बिगत १८ वर्षदेखि विभिन्न खाद्य परिकार (एफएमसीजी) उत्पादन गर्दै आएको फूड प्रोडक्सनले देशभरका बजार प्रतिनिधिहरुको सहभागितामा आयोजित ‘एन्यूअल सेल्स मिटिङ’ मा बर्तमान बजार समीक्षा तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा देशभरका २ दर्जन बढी मार्केटिङ अफिसरहरु सहभागी भएको रिजनल सेल्स म्यानेजर सन्तोष ढुङ्गेलले जानकारी दिए । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा उद्योग रहेको शक्ति फूड प्रोडक्सले सौर्य ब्राण्डमा डेढ दर्जन बढी परिकारहरु बजारमा ल्याएको छ ।

नमकिन, दालमोठ, भुजिया, फुरनदाना, मटर, पिनट, भटमास, मुग दाल लगायतका परिकारहरु उत्पादन गर्दै आएको शक्ति फूडले पछिल्लो २ वर्षदेखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त युरोपियन मेशिनद्वारा सतप्रतिशत सुजी प्रयोग गरी तयार पारिएको पास्ता र आलुबाट बनेको चिप्स समेत बजारमा ल्याएको छ ।

उक्त उत्पादनलाई प्राथमिकता दिएर आयोजना गरिएको सेल्स मीट गरिएको प्रा.लीका अध्यक्ष सुरज खत्रीले जानकारी दिए । उक्त कार्यक्रममा आगामी योजनासहित सुझाव संकलन गरी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम गैरेका अनुसार शक्ति फूडका हालसम्म देशभर १२५ डिलर रहेका छन् भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २ दर्जन बढी डिलरहरु रहेको जानकारी दिए ।

सन् २००७ मा उद्योगको स्थापना गरी उत्पादन गर्दै आएका उद्योगी तथा कम्पनीका अध्यक्ष खत्रीले विदेश निर्यातका लागि समेत योजना बनाइरहेको जानकारी दिए ।

हाल १ सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको उद्योगले आफ्नो क्षमता वृद्धि र विदेश निर्यातबारे योजना बनाइ रहेको उनले उल्लेख गरे । यस कार्यक्रममा निर्देशक सपना क्षेत्रीको समेत उपस्थिती रहेको थियो । यो मीट २ दिनसम्म जारी रहने बताइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : ४४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय