४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स



काठमाडौं । भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन् ।

हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । पछिल्ला केही महिनादेखि यी दुईबीच सबै कुरा राम्ररी चलिरहेको थिएन । आईपीएल २०२४ मा नताशाले आफ्नो इन्स्टा ह्यान्डलबाट हार्दिकसँगका सबै तस्बिर पनि हटाएकी थिइन् । त्यति बेला देखि नै उनीहरुको सम्बन्ध राम्रो नभएको चर्चा मिडिया र सामाजिक सञ्जालमा भइरहेको थियो । अब दुवैले आपसी सहमतिमा एकअर्काबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

हार्दिकले लेखेका छन्, ‘४ वर्ष सँगै बसेपछि नताशा र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं । हाम्रा लागि यो कठिन निर्णय हो, हामीलाई अगस्त्यको आशीर्वाद प्राप्त भयो, जो हामी दुवैको जीवनको केन्द्रबिन्दु बन्नेछौं र हामी सह-अभिभावकको रुपमा उनको हेरचाह गर्ने छौं । हामी यो कठिन र संवेदनशील समयमा हामीलाई गोपनीयता प्रदान गर्नको लागि तपाईंको समर्थन र समझदारीको लागि हार्दिक अनुरोध गर्दछौं ।’

हार्दिक पाण्डेयले गत वर्ष फेब्रुअरी १४ मा नताशा स्टान्कोभिकसँग क्रिश्चियन र हिन्दू परम्परा अनुसार विवाह गरेका थिए । दुवैले लामो समयदेखि एकअर्कालाई डेट गरेका थिए । हार्दिकले २०१९ मा एक पोस्टमार्फत आफू अभिनेत्री नताशासँग रिलेशनशिपमा रहेको बताएका थिए । सन् २०२० मा दुवैले इन्गेजमेन्ट गरे र एक सन्तानको अभिभावक बने । त्यसपछि दुवैले २०२० मा नै कोर्ट म्यारिज गरेका थिए । नताशा २०२० मा अदालती विवाह हुनुअघि नै गर्भवती थिइन् । विवाहपछि नताशाले अगस्त्यलाई जन्म दिएकी थिइन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : ३३ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,