४ पुस २०८२, शुक्रबार | December 20, 2025

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु



काठमाडौं । भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ ।

मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन् । इन्स्टाग्राम रिल बनाउने क्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन् । २७ बर्षिय अन्वी कामदार  सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन् । चार्टड एकाउन्टेन्ट समेत रहेकी अन्वी ट्राभलर ब्लगर समेत रहेको बताइएको छ ।

कुम्भे झरनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्वी जुलाई १६ मा आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन् ।

प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ । घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि  निकालिएको र तुरुन्त अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १० : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको