९ पुस २०८२, बुधबार | December 24, 2025

लियो क्लब अफ बुटवल सिद्धबाबाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले आज नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रक्त दातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सिलवालले सक्रिय रक्तदाताको रूपमा रहेका युवावर्ग रोजगार तथा अध्ययनका लागि विदेश जान थालेपछि हिजोआज देशैभर रगतको अभाव हुन थालेको बताए । यस्तो अवस्थामा यहीँ भएका युवाहरूले रगत संकलन गर्ने काममा आफ्नो जिम्मेवारी बहन गर्नुभएकोमा खुसी लागेको उनले बताए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको बताए । आकस्मिक दुर्घटना, डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने बताउँदै रुपन्देहीमा नेपालभर बाट रगत लिन आउने हुँदा रगत सधै अभाव देखिने उनले बताए ।

कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष प्रणेश पौडयालले विगत लामोसमयदेखी रक्तदानको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । लियो क्लबले रक्तदान मात्र नभई अरु धेरै सामाजिक कार्यमा पनि हातेमालो गर्दै आएको बताए ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संयोजक निरोश मुडभरिले जानकारी दिए । हाल यस क्लबमा ३२ सदस्य रहेका छन ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ५३ बजे

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति

बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्ना शैक्षिक

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका