१७ बैशाख २०८२, बुधबार | April 30, 2025

बाँकेमा एकवर्षमा ६३ सर्पकोे उद्धार



नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिएका छन् ।

उनका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/८१मा ५७ बढी वन्यजन्तुको उद्धार गरेको हो । आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो । यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिनुभयो ।

गत आवमा वन्यजन्तुबाट भेडाबाख्रा ६९, गाईगोरुरभैँसी नौ, बङ्गुर सात, माछा दुई हजार, हाँस १२ र कुखुरा १० वटामा क्षति पुगेको छ । बाँके राष्ट्रिय निकुञ्ज तथा सो को मध्यवर्ती क्षेत्र बाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ । उक्त क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वन्यजन्तुको संरक्षण लगायत स्थानीय जनतालाई निजी वन स्थापना र विकास गर्न सहयोग पुग्ने कार्य गर्दै आएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ३ : १२ बजे

प्रचण्डले गरे पुनर्वासका सहिद परिवारलाई सम्मान

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छ : हितराज पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल