८ कार्तिक २०८३, आइतबार | October 25, 2026

लुम्बिनी सरकारको नेतृत्व अझै अन्यौलमा, आइतबार मुख्यमन्त्री महराले विश्वासको मत माग्दै

सरकारको नेतृत्व दिन माग गर्दै कांग्रेस संसदीयदलका नेता चौधरी देउवा निवासमा



नेपालगन्ज । अल्पमतमा परेपछि पनि चुपचाप बसिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अन्ततः केन्द्रको सिको गर्दै आफुलाई प्राप्त हुन नसक्ने विश्वासको मत लिने बाटो रोजेका छन् । कांग्रेस एमालेको सरकार बनाउने दाबी खाका आएपछि आफुले निर्णय गर्ने भन्दै चुपचाप बसेका मुख्यमन्त्री महराले अल्पमतमा परेको १५ दिन पछि विश्वासको मत माग्ने निर्णयमा पुगेका हुन् ।

उनले आइतबारको प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने प्रस्ताव गर्ने भएका छन् । चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची सार्वजनिक भएको हो । आइतबार १ बजेका लागि बोलाइएको छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा लुम्बिनी प्रदेश सभाले २४ औँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने उल्लेख छ ।

प्रदेश सचिव पुनले मुख्यमन्त्रीले विश्वास मत लिने सम्भावित कार्यसूची प्रदेश सभामा सदस्यहरूलाई पठाएको जानकारी दिए ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

केन्द्रमा सत्ता समिकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने प्रचार गरिएपनि कांग्रेसले आफ्नो नेतृत्वको दाबी छाडेको छैन । कांग्रेस सभापति देउवाका प्रिय पात्र रहेका कांग्रेस संसदीयदलका नेता डिल्ली चौधरी पुनः मुख्यमन्त्री बन्न काठमाडौंमा धर्ना कसेर बसेको कांग्रेस निकट एक नेताले बताए । देउवा पत्नी आरजुको बिशेष आशिर्वाद रहको चौधरी आफुले मुख्यमन्त्री पाउने बिश्वासका साथ काठमाडौंमा रहेको ती नेताले बताए ।

यता एमाले संसदीयदलका नेता लिला गिरी पनि एमाले नेतृत्वमा सरकार बन्ने विश्वासका साथ ढुक्क भएर बसेका छन् । भलादमी नेताको पहिचान बनाएका नेता गिरीले मुख्यमन्त्री बन्न कुनै हतार नगरेपनि प्रदेश प्रमुख अमिक शेरचनसँगको सम्बन्ध तथा आफ्नै दलले विश्वासको मत फिर्ता लिएको मुख्यमन्त्री महरासँग पनि सौहार्दभूर्ण सम्बन्ध कायम राखिरहेका छन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक ब्यवस्था रहेको छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले मुख्यमन्त्री महरासँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एकरएक गरी १२ जनाको मात्रै समर्थन रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : ३० बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र