५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेप्सेको हरियो यात्रा निरन्तर, ६१ अङ्कले बढ्दा १५ अर्बको कारोबार



काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम १५ अर्ब नाँघेको छ ।

आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै छ दशमलव ८० प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव ८६, विकास बैंक एक दशमलव ४१, वित्त एक दशमलव ५१, होटल तथा पर्यटन चार दशमलव २१, जलविद्युत् एक दशमलव ३७ र लगानी समूह दुई दशमलव ६८ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन दुई दशमलव ९७, लघुवित्त एक दशमलव ६१, म्युचुअल फन्ड एक दशमलव ५२, निर्जीवन बीमा शून्य दशमलव ६५ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रु ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ०६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं