१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको चौथो पद हस्तान्तरण



तिलोत्तमा । जोडी डाक्टरहरुको समुह आवद्ध रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको चौथो पद हस्तान्तरण एवं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३/०२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले वर्ष २०२४/०२५ का लागि रोटरियन डा विक्रम काफले अध्यक्ष रहने गरि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका हुन ।

शनिबार बुटवलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र प्रसाद ध्वजु, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष रोटरियन एजाज आलम लगायतले नव नियुक्त अध्यक्ष काफ्लेलाई र अध्यक्ष काफ्लेले रोटरी ई क्लब अफ मेडिकोफ्युजन नेपाल बुटवलका अन्य पदाधिकारीहरुलाई पद तथा गोपिनियताको सपथ खुवाएको थिए ।

पदभार ग्रहण गर्दै अध्यक्ष काफ्लेले आफ्नो कार्यकालमा गर्ने भावी कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको साथ, सहयोग समर्थन र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । यसअघिको नेतृत्वले गरेका महत्वपुर्ण काम र योजनालाई निरन्तरता दिदै थप नयाँ अभियानमा जोडिएर आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताए । साथै उनले रोटरी ईक्लब अफ मेडिकोफ्युजनको विधि, विधान तथा विनियमको परिधिभित्र रही मानविय सेवामा अहोरात्र खट्दै ई क्लबको छविलाई थप उचाइमा पु¥याउन सदैव लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सन् २०२३/०२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तय गरिएका काम कार्वाही तथा सम्पुर्ण योजनाहरु पुर्णतह सफल भएको बताए । आर्थिक रुपमा विपन्न विरामीहरुको निशुल्क सेवा उपचार, मनोरोग सम्बन्धि निशुल्क कार्यक्रमहरु, रुपन्देहीका विभिन्न स्कूलमा गई निशुल्क मनोपरामर्श तथा स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्यक्रम, विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रबृत्तिसँगै मानव सेवा आश्रम तथा अनाथ आश्रमहरुमा पुगेर निशुल्क औषधी वितरण सहित स्वास्थ्यबर्धक कार्यक्रम र अर्थ जिन्सी हस्तान्तरण तथा वृक्षारोपण लगायतका कार्यक्रमलाई मुर्तरुप दिएको बताए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रोटरीयन राजेन्द्र प्रसाद ध्वजु, रोटरियन एजाज आलम, रोटरियन डा सन्तोष पोख्रेल, रोटरियन डा शेखर प्रसाद पोख्रेल लगायतले शुभकामना मन्तब्य दिएका थिए । रोटरियन डा मन्जु गुभाजुको स्वागत रहेको कार्यक्रमको सन्चालन रोटरियन कविता केसीले गरेका थिए ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र