२३ बैशाख २०८३, बुधबार | May 6, 2026

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगन्जमा सञ्चारकर्मीहरुका लागि स्नेहमिलन



नेपालगन्ज । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र, नेपालका केन्द्रीय उपाध्यक्ष ब्रह्मकुमारी दुर्गाले आध्यात्मिक सशक्तिकरणबाट मात्र शान्ति सम्भव रहेको बताएकी छन् । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको क्षेत्रीय कार्यालय नेपालगन्जले संचारकर्मीहरुका लागि राखेको मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्मकुमारी दुर्गाले समाजमा हिजोका दिनमा एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेको भएपनि आज एक अर्कोलाई सिध्याउने प्रचलन बढेको बताइन् ।

उनले सञ्चार जगत संसारलाई आँखा देखाउने प्रमुख मार्ग भएको उल्लेख गर्दै सञ्चारकर्मीले आफुले आफैलाई चिन्न जरुरी भएको बताइन् । संसार बदल्न सबै भन्दा पहिले आफु बदलिन आवश्यक रहेको भन्दै दुर्गाले विश्वविद्यालयले आफुले आफैलाई चिनाउने प्रयास गरिरहेको बताइन् ।

तनाव, कलह, लोभ, मायाले चञ्चल हुने गरेको मनलाई शान्ति प्रदान गर्न विश्वविद्यालयले बिभिन्न कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिइन् । मनलाई, विचारलाई र जीवनलाई सुन्दर बनाउने ब्युटिपालरकारुपमा ईश्वरीय विश्वविद्यालयले काम गरिरहेको ब्रह्माकुमारी दुर्गाको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियानको आवश्यकता रहेको बताए । उनले सञ्चारकर्मीको दायित्वलाई मनन गराउदै मानसिक, शाररिक रुपमा स्वस्थ्यका लागि ब्रम्हकुमारी राजयोग केन्द्र जस्ता सस्था अपरिहार्य रहेको बताए ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा बिहान ३ बजे देखि साढे ४ बजे सम्म शाररिक तथा मानसिक मेडिटेसन हुनेभएकोले सञ्चाकर्मीहरुलाई मेडिटेशनमा सहभागी हुन विश्वविद्यालयले आग्रह गरेको छ । कार्यक्रममा वरिष्ठ पत्रकार निरज गौतम, झलक गैरे, पत्रकार महासंघ बाँकेका काबा अध्यक्ष संगीन शर्मा लगायतले ब्रम्हकुमारी विश्वविद्यालयबाट समाजमा सकारात्मक सन्देशमुलक काम भइरहेको भन्दै विद्यालयलाई धन्यबाद दिएका थिए।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : १६ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा