६ श्रावण २०८३, बुधबार | July 22, 2026

को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य ?



अर्घाखाँची । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१ गते जन्मिएका हुन् ।

चेतनारायण आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा सङ्गठित भएका थिए । उनका पिता टीकाराम अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकाले उनी बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध भएका हुन् ।

विसं २०४० मा अनेरास्ववियु जिल्ला कमिटी, अर्घाखाँचीको सदस्यमा निर्वाचित भएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनका क्रममा बुटवल गए र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष र जिल्ला कमिटी सदस्य भएका थिए । अर्घाखाँची फर्कीएपछि उनी २०४६ सालमा इलाका कमिटी सदस्य, उपसचिव, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा ७ वर्ष काम गरे ।

विसं २०५४ को पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित भए । विसं २०५४ पछि चौथो र पाँचौँ जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखका रूपमा काम गरे । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं १ बाट पराजित आचार्य विसं २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिए । विसं २०६९ मा भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित आचार्यले नौ वर्ष पार्टीको जिल्ला प्रमुखको रूपमा काम गरे ।

विसं २०७४ का भएको प्रदेशसभा सदस्य निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्यले आन्तरिक मामिला तथा कानुनमन्त्रीको कार्यभार सम्हाले । विसं २०७८ मा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँचीको सहइञ्चार्जको जिम्मेवारीमा रहे ।

विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका विरुद्ध प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्य एमाले संसदीय दलको उपनेता भए। उनले यसअघि सहरी विकास तथा खानेपानी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालीन भई काम गरिरहेका छन् । विभिन्न आन्दोलनमा जेल जीवनसमेत ब्यतित गरेका आचार्यले क्यान्सरलाई जितेर पार्टी काममा क्रियाशील भए ।

पार्टी सङ्गठनको काममा निरन्तर क्रियाशील कुशल सङ्गठन आचार्य पार्टी कार्यकर्ताबीच लोकप्रिय र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनको एक दाजु, दुई भाइ, दुई दिदी र एक बहिनी छन् । आचार्यको जीवनसङ्गिनी दिपा आचार्य अनेमसङ्घ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यका रूपमा क्रियाशील छिन् । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : २३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज