२० मंसिर २०८२, शनिबार | December 6, 2025

मगर संघ बुटवलद्वारा बाजेबजै थान परिसरमा वृक्षारोपण



बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवल–७ दीपनगर स्थित बाजेबजै थान परिसरमा वृक्षारोपण गरेको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बाजेबजै थानमा वृक्षारोपण गरेको हो ।

मंगलबार गरिएको वृक्षारोपणमा अशोका, गुलमोहर, टीक, धुपी, तेजपत्ता, अमला, वेगनवेली लगायत प्रजातिका करिब ५ सय विरुवा लगाइएको संघका बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे मगरले जानकारी दिइन् ।

सोही अवसरमा बुटवल उपमहमनगरपालिका वडा नं ८ निवासी ९६ वर्षीय वयोवृद्ध देउकली सारुमगरले आफ्नै सौजन्यमा धुपीका विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरिन् ।

वृक्षारोपण पश्चात आयोजित कार्यक्रममा बोल्दै संघका रुपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे मगरले पछिल्ला समय जलवायु परिवर्तनको व्यापक असर देखिन थालेकोले यसको असर न्युनिकरणका लागि एक मात्र उपाय वृक्षारोपण रहेको बताए । विरुवा रोप्ने कार्य गरेर मात्र नपुग्ने बताउँदै उनले रोपिएका विरुवाहरुको संरक्षण आवश्यक रहेको औंल्याए ।

बुटवल उपमहानगरपालिका वडा नं ७ दीपनगर स्थित बाजेबजै थानमा यस क्षेत्रमा रहेका मगर समुदायले धार्मिक र सांस्कृतिक विस्वास र आस्थाको केन्द्रको रुपमा सदियौंदेखि पुजाआजा गर्दै आइरहेका छन् ।

वृक्षारोपण कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष एवं संघका बुटवल उपमहानगर निवर्तमान अध्यक्ष थर्क बहादुर बारघरे मगर, सल्लाहकारहरु इन्जिनियर गमप्रसाद रेस्मी मगर, गोपाल चौहान मगर, प्रेम गलामी मगर, संघका नगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकीमगर लगायत पदाधिकारी तथा नेपाल मगर संघ बुटवल उपमहानगर १९ वटै वडाका अध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ९ : २५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय