२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्यसहित ८ जना मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले-कांग्रेसका ८ बिना विभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यलाई आज बुधबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ । अन्य २ वटा मन्त्रालय नयाँ सत्ता समीकरणमा सहभागी हुने साना दललाई दिइने भएको छ ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए ।

पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् ।

कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।

मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।

एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सरकारमा संसदीयदलको नेता बाहिरबाट सरकारको नेतृत्व छानिएपछि संसदीय पद्धति विपरित भएको भन्दै असन्तुष्टी जनाएका एमाले संसदीय दलका नेता लिला गिरीले पार्टी अध्यक्ष ओली समक्ष दलको नेताबाट राजीनामा दिने जनाउ दिएको एमालेको प्रदेश स्रोतले जनाएको छ । मुख्यमन्त्री आचार्यको सपथ लगत्तै राजीनामाको सूचना सार्वजनिक हुने स्रोतको दाबी छ । उनीसँगै सचेतक तुलसी चौधरीले पनि राजीनामा दिने निश्कर्षमा पुगेको बताइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ४० बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११