३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सौर्य एअरलाइन्स विमान दुर्घटना अपडेट : केहीको शव निकालियो, पाइलटलाई अस्पताल लगियो (फोटो फिचरसहित)



काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ । सौर्य एअरलाइन्सको ९ एन एएमई कलसाइनको उक्त जहाज दुर्घटनापछि अहिले उद्धार जारी छ ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले केहीको शव निकालिसकेका छन् । एकिन विवरण भने आइसकेको छैन । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानका चालकलाई भने घाइते अवस्थामा उद्धार गरिएको र उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थिए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ०८ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा