३० कार्तिक २०८२, आइतबार | November 16, 2025

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताएका छन् ।

प्रचण्डले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ”।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ०६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा