१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

उड्ने बित्तिकै दाहिनेतिर मोडिएर विमान दुर्घटना : नागरिक उड्डयन प्राधिकरण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।

बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ ।

विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए ।

उनीहरु सबैजना एयरलाइन्सका प्राविधिक कर्मचारी भएको बुझिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ५४ बजे

बाह्य मुलुकतर्फ लैजान लागेको नगद सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानमार्फत अबैध पैसा लान

कञ्चनपुर-कमला सडक विस्तार : लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको

९ वर्षीय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल