२० माघ २०८२, मंगलबार | February 3, 2026

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।

विहिबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबि गरेका छन् ।

झाले पैसाको कारोबार नै नभएको बताउदै भनेका छन्- -यो पत्र १८ महिना अगाडी लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दुताबासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।’

उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफुहरु सचेत भएर बसेको बताए ।

उपसभामुख रानामगरले आफु बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्बजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबि समेत गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ५ : १७ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको