१८ माघ २०८२, आइतबार | February 1, 2026

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित



काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया-प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ ।

राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताए । शान्ति स्थापना कार्यलगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण उक्त पदमा मुलुक निर्वाचित भएको उनले बताए ।

चवन्न सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन । आगामी वर्ष नेपाल एसिया-प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ ।

परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ । परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशासमा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

अघिल्लो वर्षको जुनमा एसिया-प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४-२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो । सामाजिक-आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्टसङ्घको वडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ४१ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट