२३ बैशाख २०८३, बुधबार | May 7, 2026

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने



नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व मनाउने भएका छन् । नेवाः समुदायमा दिवंगत भएका सदस्यहरुको सम्झनामा मनाईने गाईजात्रा यस वर्षपनि नेपालगन्जमा मनाइने भएको हो ।

नेवाःपुच बाँकेको आज बसेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात सापारु धुमधानका साथ मनाउने निणर्य गरिएको पुचःका सचिव विवेक कुमार श्रेष्ठले बताए । पुचःका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतामा आज बसेको बैठकले नेपालगन्ज्मा गाईजात्रा पर्वलाई भब्य बनाउन बाँके जिल्लाका सम्पुर्ण नेवाः गुठी, खलः, पुच तथा नेवाः संघ संस्थासंग सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेकोे श्रेष्ठले बताए ।

बैठकले गाईजात्रा पर्व भब्य रुपमा सम्पन्न गर्न नेवाःपुच बाँकेका उपाध्यक्ष हरिश चन्द्र श्रेष्ठलाई संयोजक तोकेको छ । बाँके जिल्लामा नेवाः समुदायबाट अघिल्लो गाईजात्रा यता दिवंगत भएका परिवारलाई गाईजात्रा पर्व मनाउन नेवाः पुच वा आफुलाई सम्पर्क गर्न संयोजक श्रेष्ठले आग्रह गरेका छन् । नेपाली पञ्चाङ्ग पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ ।

यो नेवाः संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ३ : ४० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा