२० मंसिर २०८२, शनिबार | December 6, 2025

गड्डाचौकी नाकामा आवागमन सहज बनाउन माग



कञ्चनपुर । गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले नाकामा जाँचका नाममा हुने सास्तीले पर्यटक आउन छाडेको बताए। “पाँच किलोमिटरको दूरीमा नौ स्थानमा जाँच हुन्छ यसले यो नाकाबाट आउन पर्यटकलाई असहज भएको छ”, उनले भने।

नाकामा हुने अनावश्यक जाँचले गड्डाचौकी भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको होटल व्यवसायी बताउँछन् । नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ । “नाकामा पर्यटकलाई सहज रूपमा आवतजावतको वातावरण सिर्जना हुनुपर्छ ।” होटल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले भने, “सरकारले एकीकृत सुरक्षा जाँच गरेर नाकामा सहज आवागमनको व्यवस्था गर्नुुपर्छ ।”

सुरक्षा निकायले भने सीमा नाकामा हुने जाँचका कारण कुनै समस्या नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले सुरक्षा, लागुऔषध कारोबार नियन्त्रणलगायत अपराध नियन्त्रण गर्न नाकामा जाँच गर्ने बताए। “प्रहरीको जाँचले कसैलाई पनि बाधा पुगेको छैन”, उनले भने, “नाकाबाट अवैध रूपमा आउने सामान नियन्त्रण गर्न प्रहरी सक्रिय भएर छ, विगतको तुलनामा राजस्व वृद्धि भएको छ ।”

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले नाकामा एकीकृत सुरक्षा जाँच हुनुपर्ने बताए । “नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकाबाट महेन्द्रनगरसम्म पुग्दा नौ ठाउँमा जाँच गर्छन्”, रावलले भने, “अनावश्यक दुःख दिने किसिमले पाँच किलोमिटरको दूरीमा नौ ठाउँमा जाँच हुनुले राम्रो सन्देश गएन ।”

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : २० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले