१८ चैत्र २०८२, बुधबार | April 1, 2026

अघिल्लो सरकारले फिर्ता बोलाइएका ११ सहित १८ देशमा राजदूत सिफारिस

चीनमा ओली भारतमा डा. शर्मा सिफारिस



काठमाडौँ । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि २४ जेठको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । यीसहित खाली भएका देशमा राजदूत नियुक्ति सिफारिस भएको हो ।

सरकारले अघिल्लो सरकारले फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको संघीय सरकारका एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका, पूर्वसचिव चन्द्र घिमिरे बेलायत, कृष्णप्रसाद ओली चीन, पूर्वसांसद शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, डा। नेत्र तिमल्सिना मलेसियाका लागि राजदूत सिफारिस भएका छन् । यद्देपी सरकारको तर्फबाट यो समाचार तयार पार्दासम्म आधिकारिक पुष्टी भने गरेको छैन।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : २९ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध