२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भैरहवाबाट ८ ग्राम लागु औषध खैरो हिरोइनसहित १ जना पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट लागु औषध खैरो हिरोइनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १० बाट ८ ग्राम खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही मायादेवीगाउँपालिका वडा नं. ६ बेथरीका २० वर्षिय अभिषेक सोरहिया मल्लाह रहेका छन् । प्रहरीका अनुसार लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध खैरो हिरोइन बरामद गरेको हो ।

पक्राउ परेका मल्लाहको सम्बन्धमा जिल्ला अदालतबाट थप अनुसन्धान कार्यको लागि ७ दिन म्याद थप गराई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : २७ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास