२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पेरिस ओलम्पिक : चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै



काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीन १३ स्वर्ण ९ रजत ९ कांस्यसहित कुल ३१ पदकका साथ अग्रस्थानमा छ ।

दोस्रो स्थानमा रहेको आयोजक फ्रान्स ११ स्वर्ण १२ रजत र १३ कांस्य जितेको छ । एक स्थान सुधार गर्दै अष्ट्रेलिया तेस्रो स्थानमा उक्लिन सफल भयो । अष्ट्रेलियाले सातौं दिनको समाप्तिसम्म ११ स्वर्ण ६ रजत र ५ कांस्य पदक आफ्नो नाममा गरेको छ । हिजो अष्ट्रेलियाले थप ३ स्वर्ण कब्जा गर्‍यो । दुई स्थान तल झरेर चौंथो स्थानमा पुगेको अमेरिकाले ९ स्वर्ण १८ रजत र १६ कांस्यसहित कुल ४३ पदक जितेको छ ।

बेलायत पाँचौं स्थानमा पुगेको छ । उसले ९ स्वर्णसहित कुल २७ पदक जितेको छ । जापान ८ स्वर्ण ४ रजत र ६ कांस्यसहित छैंटौं स्थानमा पुगेको छ । सुरुवाती दुई दिन शीर्ष स्थानमा रहेको जापान त्यसपछि निरन्तर तल झरिरहेको छ । दक्षिण कोरिया र इटाली सातौ र आठौं स्थानमा यथावत छन् ।

सहभागी २ सय ६ देश मध्य ३५ देशले कम्तिमा १ स्वर्णपदक जितेका छन् । भने ५४ देशले पदकको खाता खोलेका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आठौं दिन ३० स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ८ : ०७ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन