२२ मंसिर २०८२, सोमबार | December 8, 2025

ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा, अर्जेन्टिना बाहिरियो



काठमाडौं । जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरु सोमबार हुने छन् ।

क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । क्ल्हेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको लडाई अहिले निकै चर्चामा रहेको छ ।

त्यस्तै अर्को खेलमा इजिप्टले पराग्वेलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी स्पेनले जापानलाई ३-० ले र मोरक्कोले अमेरिकालाई ४-० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : २६ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन