७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पेरिस ओलम्पिकमा ६० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो स्थानमा



काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन् । शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन् ।

जसमा चीन १६ स्वर्ण, १२ रजत र ९ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ  भने अमेरिका १४ स्वर्ण, २४ रजत र २३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ८ रजत र ७ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १० स्वर्ण, १० रजत र १३ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र ५ काश्य पदक जितेको छ भने जापानले ८ स्वर्णसहित ५ रजत र ९ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ६ स्वर्ण, ८ रजत र ५ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ काश्य पदक जितेको छ भने जर्मनीले ४ स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ ।

त्यसैगरी रोमानिया, हंगेरी र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने न्यूजील्याण्ड, क्रोसिया, बेल्जियम, हङकङ र अजरबैजानले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी ब्राजिल, इजरायल, स्विडेन, जर्जिया, स्वीजरल्याण्ड, स्पेन, काजकिस्तान, दक्षिण अफ्रिका, युक्रेन, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, फिलिपिन्स, सर्बिया र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, जमैका, कोसोभो, टर्की, डेनमार्क, इथोपिया, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, चाइनिज ताइपेइ, अस्ट्रिया, इजिप्ट, ग्रेनाडा, लुथियाना, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ५२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी