३० चैत्र २०८२, सोमबार | April 13, 2026

आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न अमेरिकाको आग्रह



काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ ।

यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए ।  तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ ।

हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको हो ।

आइतवार राति, हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई तटस्थ गरेको देख्न सकिन्छ । कसैको मृत्युको बारेमा जानकारी भने खुलेको छैन ।

जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् । यसैबीच रुसले पनि आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न चेतावनी दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ०६ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ