१२ पुस २०८२, शनिबार | December 27, 2025

एमाले उपाध्यक्ष बरालसहित नयाँ केन्द्रीय सदस्यले लिए शपथ



काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।

गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य ९सिन्धुपाल्चोक०, कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत)लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : २८ बजे

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको