२० बैशाख २०८३, आइतबार | May 3, 2026

रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेसका कर्मचारीहरु कालो ब्यानरसहित धर्नामा



बुटवल । रुपन्देहीको टाइगर प्यालेसका पूर्व कर्मचारीहरु आन्दोलित भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर १५ स्थित टाइगर प्यालेस रिसोटबाट निष्कासन गरिएका श्रमिकहरुले श्रम अदालतमा दिएको रिटमा हारिसकेको र श्रम अदालतले फैसला गरेको कार्यान्वयन गर्न गम्भीर नदेखिएको भन्दै कर्मचारी आन्दोलित भएका हुन ।

उनीहरुले श्रमिकहरुसँग २०८० पुस १३ गते गरेको सम्झौता पत्रको कार्यान्वयनमा व्यवस्थापन पक्षले चासो नदिएको भन्दै आन्दोलित भएका हुन । उनीहरुले रिसोटको बाहिर धर्ना सुरु गरेका छन् । कोरोनाकालमा निष्कासन गरिएका र अहिले पुनर्बहाली गरेका कर्मचारीहरुले आउनुपर्ने बक्यौता रकम सम्झौता पत्रमा पाउनुपर्ने उल्लेख भए पनि हालसम्म नपाएको उनीहरुको भनाई छ ।

श्रम अदालतले गरेको फैसला अनुसार क्षतिपूर्तिसहित प्रतिव्यक्ति १२ देखि १५ लाखसम्म कम्पनीले दिनुपर्ने भएपनि कर्मचारीहरुले कम्पनीको अवस्थालाई हेर्दै नयाँ व्यवस्थापन टिमसँग सम्झौता गर्दा प्रतिव्यक्ति राजीनामाको हकमा २ लाख ७० हजार र पुनर्बहालीको हकमा १ लाख ६५ हजार दिनुपर्ने सहमति गरिएको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले बताए । राजीनामा दिएकाहरुलाई तत्कालै भुक्तानी दिनुपर्ने र पुनर्बहाली नभएकाहरुलाई किस्ताबन्दीमा दिनुपर्ने उल्लेख भए पनि हालसम्म कम्पनीले सम्झौतालाई कार्यान्वयन नगरेकाले आन्दोलन गर्नु परेको उनको भनाई छ ।

कोरोनाको बेला निष्कासन गरिएकाहरुमध्ये क्यासिनोमा ४३ जना र होटलतर्फ २२ जनालाई पुनर्बहाली गरिएकोमा अझै क्यासिनोतर्फ १८ जना र होटलतर्फ चार जनालाई पुनर्बहाली गरिएको छैन । उनका अनुसार आफूहरु अन्याय हुँदा पनि कतैबाट साथ नपाएको अवस्था छ । १ लाख ६५ हजारको दरले ८७ जनाको बक्यौता पारिश्रमिक जोड्ने हो भने ३६ लाख ३० हजार ६५ हजार रुपैयाँ बक्यौता देखिन्छ ।

यता श्रम अदालतले गरेको फैसला हेर्ने हो भने निकालिएकोदेखि पुनर्बहाली गरेको समयसम्म खाइपाई गरी आएको तलब गरी प्रतिव्यक्ति १२ लाख २५ हजार देखिन्छ । यसरी बक्यौता रकम जोड्ने हो भने १० करोड ६२ लाख ७५ हजार हुन आउँछ । तर स्थानीय स्तरमा पाँचतारे होटेल सञ्चालनमा रहेको र होटलको पछिल्लो अवस्था अत्यन्तै दयनीय भएको भन्दै पीडित श्रमिकहरुले होटलको अवस्था हेरेर आफूहरुले कम हिसाब गरे पनि टाइगर वान प्रालिले उक्त रकम समेत नदिने आलटाल गर्दै आएको संयोजक भण्डारीको भनाई छ । यता कम्पनीको सिइओ दीपक लेखकले भने यस बारे प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ३० बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज