७ चैत्र २०८२, शनिबार | March 21, 2026

भारतबाट अबैधरुपमा नेपाल भित्राईएको एक हजार दुई सय लिटर दूध सशस्त्र प्रहरीबाट नष्ट



नेपालगन्ज । भारतबाट अबैधरुपमा नेपाल ल्याईँदै गरेको एक हजार दुई सय लिटर भारतीय किसानको दूध सशस्त्र प्रहरीले नष्ट गरेको छ । नेपालगन्ज र खडैचा नाकाबाट नेपाल भित्रिएको दूध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

शुक्रबारयता नेपालगन्ज नाकाबाट साढे सात सय लिटर र खडैचा नाकाबाट साढे चार सय लिटर दूध नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक बिमल डाँगीले बताए । सशस्त्र प्रहरीले नेपालगन्ज नाका हुँदै भित्रिएको दूध नियन्त्रणमा लिए लगत्तै भारतीय प्रहरीले गरीवको दूध भएकाले छोडिदिन भन्दै दवाब मुलक आग्रह गरेको बताइएको छ । दूध समातेर क्वारेन्टाइनमा प्रक्रियामा मिलाएर नष्ट गर्ने क्रममा भारतीय प्रहरीले नेपाल प्रहरीसँग गरीवको दूध भएकाले छोडिदिन आग्रह गरेको प्रहरी स्रोतले जनाएको छ ।

नेपाल सरकारले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाएको भन्दै नेपाल तर्फबाट भारतीय प्रहरीको आग्रह अस्वीकार गरिएको स्रोतको दाबी छ । सरकारले प्रतिबन्ध लगाएपनि भारतीय दूध दैनिक ठूलो परिमाणमा भित्रिरहेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । बाँके दुग्ध व्यवसायी संघका कार्यवाहक सचिव चेतनारायण शर्माले भारतीय दूध भित्रिएका कारण नेपालका किसान मारमा परेको बताए । नेपालको तर्फबाट ध्यान नदिँदा भारतीय दूध मुख्य नाकाबाटै भित्रिने गरेको छ । साइकलमा क्यान राखेर दूध ल्याउने गरिएको भन्दै व्यवसायीले सुरक्षा निकाय, भन्सार, क्वारेन्टाइनबाट मुख्य नाकामै निगरानी गरिए भारतीय दूध रोकिने बताउँछन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ५९ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको