२० असार २०८३, शनिबार | July 4, 2026

काभा वुमन्स नेसन्स भलिबलमा आज नेपालको सामना माल्दिभ्ससँग



काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको दोस्रो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

आजको खेलपछि लिगचरणका खेलहरु सकिनेछन् र सेमिफाइनल समीकरण तय हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा इरान, भारत, नेपाल र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । माल्दिभ्स भने एक खेलअघि नै अन्तिम हुने निश्चित भएपछि लिगबाटै बाहिरिएको छ ।

नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ । माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

नेपाल भलिबल संघका अनुसार भारत र श्रीलंकाबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ४८ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा