४ पुस २०८२, शुक्रबार | December 19, 2025

कास्मिरको समर्थनमा पाकिस्तानी दूतावासद्वारा ‘युम–ए–इस्तेहसल’ कार्यक्रम आयोजना



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘युम–ए–इस्तेहसलः कश्मीरमा प्रतिरोधको भावनाको सम्मान’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

५ अगस्ट २०१९ मा भारतले आफ्नो संविधानको धारा ३७० समाप्त गरेको विरोधमा पाकिस्तानले कास्मिरको समर्थनमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पत्रकार, लेखक र विश्लेषकहरू, मानव अधिकारकर्मीहरू समेत सहभागी कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले ५ अगस्ट २०१९ देखि कास्मिरमा भारतले जनसांख्यिकीय संरचना र राजनीतिक परिवर्तनका लागि निरन्तर अभियान चलाएको आरोप लगाएका छन् । पाकिस्तानका अनुसार भारतले जम्मु कास्मिरलाई कब्जा गरेर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको छ । राष्ट्रपति जर्दारीले पाकिस्तानले कास्मिरका जनताको विद्रोहलाई नैतिक, कूटनीतिक समर्थन जारी राख्ने प्रतिवद्धता पनि जनाएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शाहबाज सरिफले आफ्नो सन्देशमा भारतले विश्वलाई जम्मु कास्मिर भारतको अभिन्न अंग हो भनी विश्वस्त गराउन खोजेको पनि अन्तर्राष्ट्रिय कानुन, ऐतिहासिक तथ्य, नैतिक सिद्धान्त र जमिनी अवस्थाले भारतको दाबीलाई अस्वीकार गरेको जनाएका छन् ।

आफ्नो सन्देशमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले भारतले कश्मीरी जनताको मौलिक अधिकारलाई मात्र नभई राष्ट्रसंघको प्रस्तावलाई पनि अस्वीकार गरिरहेको आरोप लगाएका छन् ।

कार्यक्रममा राजदूत अबरार एच हाश्मीले कास्मिरी जनताको न्यायोचित उद्देश्य प्राप्तिका लागि विश्वको सहयोगको आवश्यकतामा जोड दिए
उनले भारतीय विधायिका र अदालतको कारबाहीले जम्मूकास्मिरको विवादित प्रकृतिको अवस्थालाई परिवर्तन गर्न नसक्ने जिकिर गरे । कार्यक्रममा सहभागीहरुले पनि विश्व समुदायलाई अधिकृत कश्मीरको साथमा उभिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ०५ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा