२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भारत काभा महिला भलिबलको फाइनलमा



काठमाडौं । उपाधिको प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा‌ प्रवेश गरेको छ । जारी प्रतियोगितामा श्रीलंका भारतसँग पराजित भएको यो दोस्रो पटक हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासँग सोमबार लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो ।

जहाँ सुरूवाती केहि समय श्रीलंकाले भारतलाई चुनौति दियो। खेलमा ७-६ को अग्रता पनि बनायो । तर यसपछि भारतले लगातार ८ अंक जोडेपछि भारतले १४-७ को आरामदायी अग्रता बनायो। यही अग्रतामा भारतले पहिलो सेट २५-१५ ले जित्यो ।

१-० ले पछि परेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन । श्रीलंकाले खेलाडी परिवर्तनमा‌ पनि जोड दियो । यसले पनि बलियो भारतलाई रोक्न श्रीलंका असफल नै रहयो। दोस्रो सेट भारतले २५-१६ ले आफ्नो पक्षमा पार्यो ।

२-० पछि परेपछि श्रीलंकाले तेस्रो सेटको सुरूवातमा भारतलाई चुनौति दिंदै श्रीलंकाले १२-८ को अग्रता बनाएको थियो । तर ४ अंकको यो अग्रतालाई श्रीलंकाले केहि बेरमा नै गुमायो । भारतले अन्त्यतिर सहजै अग्रतालाई बढाउँदै २५-२३ ले माथ दिदै सोझो सेटको जितमा अन्तिम दुईमा स्थान बनाउन सफल रहयो ।

कप्तान तथा प्रमुख सेटर जिनी कोभात साजी बिना नै भारत आज पनि श्रीलंका विरूद्ध अब्बल देखियो ।‌ आज भारतकी सुर्याको प्रदर्शन यो सहज जितमा सबैभन्दा उत्कृष्ट रहयो । भारत समुह विजेता र श्रीलंका चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए ।

अब भारतले उपाधिको लागि नेपाल र इरानबीचको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : २४ बजे

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले