१७ माघ २०८२, शनिबार | January 31, 2026

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ



काठमाडौं । बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ ।

उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।

यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो ।

त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ । त्यस्तै पुर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बंगलादेश छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कैयौं मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ५१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक