२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग



विराटनगर । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा डुङ्गा (नाउ) सञ्चालनमा आएका छन् ।

११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो । वर्खायाम सुरु हुनासाथ हुलाकी राजमार्ग हुदै झापा जाने र आउने यात्रुले सास्ती व्यहोर्नु पर्छ । यो पुल आकासको फल आखा तरेर मर भनेजस्तै भएको छ । खोलामा पुल छ तर प्रयोग गर्न सम्भवै छैन् ।

मोरङको रतुवामाई, सुनवर्षी, रंगेली क्षेत्रका मानिस भद्रपुर जानुपरे भारतको बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ । भारतीय बाटोबाट जाँदा ३० किलोमिटर यात्रा गर्नुपर्छ, जसका लागि करिब १ घण्टा लाग्छ । हाल खोलामा डुङ्गा चल्न थालेपछि मोटरसाइकलको ७० रुपैँया र साइकलको ३० रुपैँया लिने गरिएको स्थानीयले बताए । हाल दैनिक ३ सय देखि ५ सय जनासम्म दैनिक डुङ्गाको प्रयोग गरेर आवत जावन गर्ने गरेका छन् ।

हुलाकी राजमार्ग प्रयोग गर्नेलाई सहज हहोस भनेर २०६५ सालमा सिलान्यास गरिएको सो पुल २०७२ सालमा निर्माण सम्पन्न भएको हो तर बाढीका कारण पुलको दुवै साइड बगाएको छ र पुल खोलाको बिचमा रहेको छ । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९२८ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । पुल प्रयोगमा नआएपछि राज्यको करोडौँ रकम बलुवामा पानी भएको छ । निर्वाचनका बेला रतुवा खोलाको पाता फर्काउछु भनेर भाषण गर्ने नेताहरू जनताको सास्तीमा देखै नपरेको पिडितहरूको गुनासो छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : २४ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका