४ चैत्र २०८२, बुधबार | March 18, 2026

तिलोत्तमामा रहेको झरना स्पोर्ट्स क्लबको अध्यक्षमा पौडेल



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा रहेको झरना स्पोर्ट्स क्लब को ३१ औँ अधिवेशनबाट धनेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ । नयाँ कार्यसमितिलाई बुधबार एक कार्यक्रमका बिच पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका–६ का अध्यक्ष गणेश पाठकले ऐतिहासिक र गरिमा बोकेको झरना स्पोर्ट्स क्लबले प्रत्येक वर्ष गराउने फुटबल प्रतियोगिताले सिङ्गो तिलोत्तमालाई नै देशभर चिनाएकाले उक्त खेललाई थप विस्तारित गर्दै लैजान सुझाव दिए । उनले क्लबले खेल मात्र नभई सामाजिक काममा समेत तदारुकता देखाउने र कुन्जालापुर गाउँलाई नै परिचित गराएकाले यो साख जोगाइराख्न जरुरी रहेको बताए । खेल खेलाउने र क्लबलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न आफू प्रतिवद्ध रहेको उनले बताए ।

त्यस्तै नव निर्वाचित अध्यक्ष धनेन्द्र पौडेलले आफुलाई विश्वास गरि दिइएको जिम्मेवारी भरपुर निर्वाह गर्ने जनाए । क्लबको उपाध्यक्षमा नगेन्द्र छन्तेल, सचिव मा हन सिंह राना, सह सचिवमा गोपाल गलामी, कोषाध्यक्षमा निर्मल थापा, सहकोसाध्यक्षमा किशोर पौडेल चयन भएका छन । साथै सदस्यमा ज्ञान बहादुर भणडारी, ठाकुर अधिकारी, नन्दलाल चौधरी, सुदर्शन गुरुङ, कमल थापा, नितु थापा, सरिता थापा रहेको निर्वाचन आयोगका सम्योजक छत्र बहादुर दर्लामी मगरले जानकारी दिए । त्यस्तै नया कार्यसमितिले मनोनयन गरेका अन्य सदस्य सहित हालको कार्यसमितिमा २३ सदस्य रहेका छन । क्लबको संरक्षकमा रुपन्देही जिल्ला फुटबल संघ का अध्यक्ष लोक पुन रहेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ५० बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको