१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरको शिष्टाचार भेट



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे ।

नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठुला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको जनाउँदै यस्ता सवालमा राष्ट्रसङ्घको सदवै सहयोगको अपेक्षा व्यक्त गरे ।

आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका प्राथमिकताका क्षेत्रमा राष्ट्रसङ्घको निरन्तर साथ रहने विश्वास दिलाइन् ।

राष्ट्रसङ्घले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुक्षाका लागि राष्ट्रसङ्घीय नीतिबमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ५७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा