८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय आयोग गठन



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगको नेतृत्व नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाले गर्नेछन् । एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको प्रवक्ता गुरुङले बताए ।

बुधबार काठमाडौंबाट रसुवाका लागि उडान भरेको एयर डायनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर डाँडामा दुर्घटना हुँदा पाँच जनाको निधन भएको थियो । दुर्घटनामा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ११ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष