२९ मंसिर २०८२, सोमबार | December 15, 2025

हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय आयोग गठन



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगको नेतृत्व नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाले गर्नेछन् । एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको प्रवक्ता गुरुङले बताए ।

बुधबार काठमाडौंबाट रसुवाका लागि उडान भरेको एयर डायनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर डाँडामा दुर्घटना हुँदा पाँच जनाको निधन भएको थियो । दुर्घटनामा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ११ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको