४ असार २०८२, बुधबार | June 18, 2025

काठमाडौंबाट बैतडी जाँदै गरेको हेलिकोप्टर बाँकेको राप्ती बगरमा ‘फोर्स ल्याण्ड’



नेपालगन्ज । काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर आज अपरान्ह बाँकेको राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको छ । काठमाडौंबाट उडेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जानेक्रममा मौसम खराब भएपछि राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको हो ।

खराब मौसमका कारण नदी बगरमा फोर्स ल्याण्ड गरेको बताइएको छ । बगरमा केही बेर होल्ड भएको हेलिकोप्टर त्यसपछि त्यहाँबाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ । सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हेलिकोप्टरमा पाइलटसहित तीन जना छन् । दुई जना पर्यटकलाई बोकेर हेलिकोप्टर बैतडी जादै गरेको हेलिकोप्टर दुई जना यात्रुसहित आज सशस्त्र बेसक्याम्प मै रहने सशस्त्र प्रहरीका एसपी बिमल डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ०६ बजे

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक