१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आगलागी भएको ४ महिना पुरा हुँदा पनि बनेनन् खजुरा क्यान्सर अस्पतालका उपकरणहरु

सिटी स्क्यान र म्यामोग्राफी नचल्दा जडान भएको लिन्याक मसिनले काम पाएन



खजुरा । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालको रेडियोलोजी भवनमा आगलागी भएको ४ महिना पुग्दा पनि भवनमा रहेका उपकरणहरु संचालनमा आएका छैनन् । रेडियोलोजी भवनमा रहेको सिटी स्क्यान, म्यामोग्राफी जस्ता अत्यावश्यक उपकरण संचालन गर्न अस्पताल प्रशासन असफल जस्तै देखिएको छ । निजी अस्पतालहरुमा आगलागी हुँदा सामान्यतया १५ देखि एक महिनामा मरमत गरि संचालनमा आउन सक्ने उपकरणहरु क्यान्सर अस्पतालमा आगलागी भएको ४ महिना पुरा हुँदा पनि संचालनमा आउन सकेको छैन ।

क्यान्सर अस्पतालको रेडियोलोजी भवनमा गत चैत १८ गते आगलागी हुँदा सिटी स्क्यान र म्यामोग्राफीको वायरिङ ध्वस्त भएको थियो भने भिडियो एक्सरे र एक्सरे मसिनमा सामान्य क्षति पुगेको थियो । भिडियो एक्सरे र एक्सरे संचालनमा आएपनि सिटी स्क्यान र मेमो ग्राफी भने कहिलेदेखि संचालनमा आउने हो ? अनिश्चित जस्तै देखिएको छ।

क्यान्सर रोग पहिचानका लागि अत्यावश्यक उपकरणहरु संचालन हुन नसक्दा क्यान्सरको पहिचान र निदान गर्न आएका बिरामीहरुले सास्ती खेप्न बाध्य बनेका छन् । सिटी स्क्यानदेखि लिएर एक्स रे सेवासमेत सन्चालन हुन नसक्दा बिरामीहरु ती सेवाहरु लिन नेपालगन्ज पुग्नुपर्ने अवस्था छ भने उनीहरु दोब्बर बढी मूल्य तिर्न बाध्य बनेका छन् ।

आगलागीले मेसिनहरुमा सामान्य मात्रै क्षति भएको र विद्युत प्रणालीमा मात्र बढी क्षति भएको भनिएपनि विद्युत प्रणालीको मरमत र जडानमात्र पनि ४ महिना सम्म हुन नसक्नुलाई सेवाग्राहीले अचम्मको विषय मानेका छन् । प्रारम्भीक रुपमा विद्युत प्रणाली सुचारु गरि मसिनहरुको जाँच गर्ने काम समेत अस्पताल प्रशासनबाट हुन नसकेको जाजरकोटबाट बिरामी लिएर अस्पताल आएका गोरख शाहीले बताए ।

सिटी स्क्यान संचालन हुन नसक्दा अस्पतालमा जडान भइ संचालनको तयारीमा रहेको लिन्याक मेसिन समेत बेकाम बनेको छ । झण्डै २ वर्ष लगाएर जडान सम्पन्न भएको भनिएको लिन्याक उपकरण सिटी स्क्यान नचल्दा संचालनमा आउन नसकेको अस्पतालका मेडिकल फिजिसिस्ट राजु न्यौपानेले बताए । सिटी स्क्यान बिना लिन्याकको कुनै काम नभएको उल्लेख गर्दै न्यौपानेले सिटी नचलेकै कारण लिन्याक जडान भएर पनि प्रयोगमा ल्याउन नसकिएको बताए । भरतपुर क्यान्सर अस्पताल पछि पश्चिममा खजुरा क्यान्सर अस्पतालमा मात्र रहेको म्यामोग्राफी पनि कहिले देखि चल्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।

अस्पताल प्रशासनको अधिकार क्षेत्र भन्दा बाहिरको रकम मरमतमा लाग्ने भएपछि प्रक्रिया पुरा गर्न समय लागेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताए । टिप्पणी उठाउने, निर्णय गर्ने, टेण्डर खोल्ने र सम्झौता प्रक्रिया पुरा गर्दा ४ महिना लागेको निर्देशक साहले बताए । चार महिना लगाएर अहिले अस्पताल प्रशासनले मेसिनहरु पुनः सन्चालनका लागि आवश्यक विद्युतीय उपकरणको खरिद गरेको छ । अस्पतालका प्रमुख डा. साहले २० लाख रुपैयाँभन्दा बढीका ब्याट्रि, युपिएस लगायतका विद्युतीय उपकरण खरिद गरिएको र सबै उपकरणहरु सुचारु गर्नका लागि कम्तिामा दुई हप्ता अझै लाग्ने बताए ।

सामान्यतया सरासर गर्दा १ महिनामा सकिने काम सरकारी प्रक्रिया भन्दै पुरा गर्न ४ महिना लागेको अस्पताल निकट एक कर्मचारीले बताए । खरिद गरिएका विद्युतिय उपकरण अस्पताल परिषरमा आइसकेपनि त्यसको जडानको काम भने कछुवा गतिमा भइरहेको छ ।

२०७२ सालमा स्थानीयबासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरेपनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल संचालन हुँदै आएको छ । अस्पतालमा रेडियोलोजिस्ट नहुँदा अस्पताल प्रशासनले नेपालगन्जको निजी अस्पतालबाट सहयोग मागेर रेडियोलोजी सेवा सुचारु गर्दै आएको थियो । अस्पतालमा हाल रेडियोलोजिस्ट र मेडिकल अङ्कोलोजिस्टको आवश्यकता रहेको अस्पताल प्रमुख साहले बताए । उनले बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनु पर्ने, अस्पतालको वार्डहरु संचालन गर्न थप एक भवन तथा चिकित्सक र कर्मचारीको आवास अति आवश्यक रहेको बताए ।

अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दी स्वीकृतका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले मन्त्रालयमा माग गर्दै आएपनि मन्त्रालयबाट सुनुवाई हुन सकेको छैन । दरबन्दी स्वीकृतिकै लागि अहिले पनि अस्पतालका मेसु डा. साहले निरन्तर प्रयास गरिरहेको बताउँछन् ।

स्थानीयले मुट्ठीदान गरेर निर्माण गरेको अस्पताल २०७२ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । हिन्दुधर्मका धर्मगुरु सन्त दीनदयालजी महाराजको संकल्पमा महायज्ञबाट संकलित रकमबाट अस्पतालको निर्माण भर्एको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १ : ३६ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने