८ भदौ २०८३, सोमबार | August 24, 2026

सरकारका प्रवक्ता भन्छन् – हाम्रो आकाश सुरक्षित रहेन


२४ श्रावण २०८१, बिहिबार  

156
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए ।

उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताए । यसरी पटकपटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश सुरक्षित छैन भन्ने सङ्केत गरेको उनको भनाइ छ ।

हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गरे । “अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो”, उनले भने, “अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ ।” सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ५८ बजे

बाँकेमा थपिए एचआइभीका नयाँ संक्रमित

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा एचआइभीका नयाँ रोगी फेला परेका

कर्णाली मन्त्री छनौटमा नेकपा भित्र विवाद हुँदा शपथ स्थगित

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार