२७ भदौ २०८३, शनिबार | September 12, 2026

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) २०२४/०२५ को प्रथम डिष्ट्रिक क्याबिनेट मिटिङ शनिबार



बुटवल । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) वर्ष २०२४/०२५ को प्रथम डिष्ट्रिक क्याबिनेट मिटिङ (बैठक) तथा क्याबिनेट अफिसर सपथ ग्रहण कार्यक्रम भैरहवामा हुने भएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी यही साउन २६ गते शनिबार भैरहवाको होटल सिद्धार्थ भिलासामा हुन लागेको बैठकको सम्पूर्ण तयारी पुरा भएको पिएमजेएफ (डिष्ट्रिक गर्भनर लायन्स इन्टरनेशनल ३२५ पि) पुरुसोत्तमभक्त प्रधानाङ्गले जानकारी दिए ।

सामाजिक उद्यमशिलताको प्रवद्र्धन गर्ने उद्देश्यले एरिया-३ सबै क्लबहरुको आयोजनामा हुन लागेको उक्त बैठकमा डिष्ट्रिक ३२५ पी का ५ वटा एरियाका करिब १ हजार ४ सय जनाको सहभागीता रहने उनले बताए । कार्यक्रम सम्पन्न गर्न लामो समयदेखि उद्यमशिलताको प्रवद्र्धनको क्षेत्रमा काम गरीरहेका लायन्स मुकुन्द ज्ञवालीलाई संयोजकको जिम्मेवारी दिइएको डिष्ट्रिक गर्भनर प्रधानाङ्गले बताए । कार्यक्रममा सहभागी हुनका लागि एक हजार ५ सय रजिष्टेशन शुल्क तोकिएको उनले बताए ।

सामाजिक उद्यमशिलताको प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गर्न लागिएको एरिया चिफ शान्ति पाठक पाण्डेले जानकारी दिइन् । कार्यक्रममा लायन्स इन्टरनेशनल डारेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता रहनेछ भने, कि नोट इस्पीकरको रुपमा सामाजिक अभियन्ता तथा उद्यमी खुस्बु ओली आउँदैछिन् ।

यस्तै कार्यक्रममा लायन्स इन्टरनेशनल जिएटी एरिया लिडर खगेद्र सिटौला, मल्टीपल चेयर काउन्सील रमेश लामा, एरिया लिडर राजन लम्साल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित बिभिन्न क्षेत्रका १५ जना बक्ताहरु सहभागी हुनेछन् । उनिहरुले सामाजिक उद्यमशिलता सम्बन्धी बिभिन्न बिषयमा केन्द्रित रहेर आफ्ना भनाई अनुभव र सुझावहरु प्रस्तुत गर्ने डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवद्र्धन र अमुल्य सम्पदाको प्रचारप्रसारको लागि शनिबार बिहान देखि दिउँसो १ बजेसम्म बसन्तपुर र नुवाकोट एवं जितगढी किल्लाको भ्रमण गर्ने र २ बजेपछि कार्यक्रम सुरु हुने डिष्ट्रिक गर्भनर प्रधानाङ्गले बताए । नेपालमा एक हजार ९९६ वटा क्लबका ४३ हजार २१३ जना सक्रिय सदस्यहरुले सामाजिक सेवाका लागि काम गरीरहेका छन् । भने ३२५ पी का १४९ वटा क्लबमा ३ हजार ३२९ जना सदस्य आबद्ध भएका छन् ।

पत्रकार सम्मेलनमा आइपिडिजी अर्जुनमान शैजु, फस्ट भिडिजी बालाराम भट्टराई, सेकेण्ड भिडिजी सन्दीप कशौधन, डिष्ट्रिकका कोषाध्यक्ष प्रकाशकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : ३९ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य