१५ माघ २०८२, बिहिबार | January 30, 2026

विश्व आदिवासी दिवसको अवसरमा मगर महिला संघ बुटवलद्वारा विविध कार्यक्रम



बुटवल । ३० औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल मगर महिला संघ बुटवल नगर समितिले शुक्रबार बुटवलमा १ दिने तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दैनिक जीवनमा आइपर्ने समस्या र त्यस उत्पन्न गर्ने तनाव तथा जीवनशैली सुधारका विषयमा मनोचिकित्सक डा। विक्रम काफ्लेले सहजीकरण गरेका थिए ।

आदिवासी दिवससँगै हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा नृत्यु प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । प्रतियोगितामा बुटवल १० की माया पल्ली प्रथम, बुटवल–११ की सीमा पुन द्वितीय तथा बुटवल १९ की कविता थापा तृतीय भएका थिए । कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगता ओलम्पिकमा नेपालको तर्फबाट सन् १९६४ मा बक्सिङ खेलमा सहभागी ब्रिटिस शैनिकबाट अवकाश प्राप्त क्या। नमसिंह थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघ केन्द्रीय भाषिक उपाध्यक्ष माया बुढाले आदीबासीहरुको अधिकार स्थापित गर्नका लागि आन्दोलन अझै बाँकी रहेको बताइन् । भाषिक तथा सांस्कृतिक आन्दोलनबाट अधिकार स्थापित गर्नका लागि सबै आदिबासी समुदाय एकतावद्ध हुन आवश्यक रहेको उल्लेख गरिन् । यसैगरी नेपाल मगर महिला संघका केन्द्रीय निर्वतमान वरिष्ठ उपाध्यक्ष ममता बुढाथोकी, मगर संघ बुटवल नगर समितिका पूर्व अध्यक्ष क्या। किशन थापा, मगर महिला संघ बुटवल नगर समितिकी सल्लाहकार कुमारी थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तीजको दरसहित आयोजना गरिएको कार्यक्रमको सञ्चालन मगर महिला संघ बुटवल नगरसमिति सचिव तीर्थकुमारी सोमरेले गरेकी थिइन् भने कार्यवहाक अध्यक्ष नन्दा थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ३८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला