२१ भदौ २०८३, आइतबार | September 6, 2026

विश्व आदिवासी दिवसको अवसरमा मगर महिला संघ बुटवलद्वारा विविध कार्यक्रम



बुटवल । ३० औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल मगर महिला संघ बुटवल नगर समितिले शुक्रबार बुटवलमा १ दिने तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दैनिक जीवनमा आइपर्ने समस्या र त्यस उत्पन्न गर्ने तनाव तथा जीवनशैली सुधारका विषयमा मनोचिकित्सक डा। विक्रम काफ्लेले सहजीकरण गरेका थिए ।

आदिवासी दिवससँगै हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा नृत्यु प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । प्रतियोगितामा बुटवल १० की माया पल्ली प्रथम, बुटवल–११ की सीमा पुन द्वितीय तथा बुटवल १९ की कविता थापा तृतीय भएका थिए । कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगता ओलम्पिकमा नेपालको तर्फबाट सन् १९६४ मा बक्सिङ खेलमा सहभागी ब्रिटिस शैनिकबाट अवकाश प्राप्त क्या। नमसिंह थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघ केन्द्रीय भाषिक उपाध्यक्ष माया बुढाले आदीबासीहरुको अधिकार स्थापित गर्नका लागि आन्दोलन अझै बाँकी रहेको बताइन् । भाषिक तथा सांस्कृतिक आन्दोलनबाट अधिकार स्थापित गर्नका लागि सबै आदिबासी समुदाय एकतावद्ध हुन आवश्यक रहेको उल्लेख गरिन् । यसैगरी नेपाल मगर महिला संघका केन्द्रीय निर्वतमान वरिष्ठ उपाध्यक्ष ममता बुढाथोकी, मगर संघ बुटवल नगर समितिका पूर्व अध्यक्ष क्या। किशन थापा, मगर महिला संघ बुटवल नगर समितिकी सल्लाहकार कुमारी थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तीजको दरसहित आयोजना गरिएको कार्यक्रमको सञ्चालन मगर महिला संघ बुटवल नगरसमिति सचिव तीर्थकुमारी सोमरेले गरेकी थिइन् भने कार्यवहाक अध्यक्ष नन्दा थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ३८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त