१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कैलालीमा मनाइयो ‘गुरही’ पर्व



कैलाली । थारू समुदायको गुरही पर्व कैलालीमा विविध कार्यक्रम गरी मनाइएको छ ।

गुरही नागपञ्चमीका दिन मनाउने गरिन्छ । पर्वका अवसरमा कैलालीका विभिन्न स्थानमा कार्यक्रमहरू गरिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिकालगायत पालिकाहरुमा नाचगान गर्दै पर्व मनाइएको छ । पर्वका अवसरमा घोडाघोडी नगरपालिका–१ सुखड चोकमा कार्यक्रम गरिएको छ । यस्ता संस्कृति र चाड पर्वहरू जोगाउनका लागि सबै जना लाग्नुपर्ने घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए । “चाडपर्वका छुट्टै महत्त्व हुन्छन्”, उनले भने, “यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी हो ।”

कार्यक्रममा थारू पहिरनमा सजिएर नृत्यहरु प्रस्तुत गरिएका थिए । गुुरही थारू समुदायको पहिलो चाडका रुपमा मनाउने गरिन्छ । यो पर्वको धार्मिक महत्वसमेत रहिआएको छ । गुरही पर्व चोक चौराहामा मनाइने गरेको घोडाघोडी नगरस्तरीय भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । उनका अनुसार साँझको समयमा बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइदिदीबहिनीहरू नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रङ्गीबिरङ्गी गुडिया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने कार्यको तयारी गरिएको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् ।

गाउँका बडघर एकै सासमा (एकसंस्सु) दुुबो घाँसमा गाँठो पार्छन् । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरू त्यसलाई आफूसँग ल्याएको रङ्गीचङ्गी कोर्राबाट ठटाउँछन् र ‘देउ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र भूतप्रेतको दुःखबाट छुट्कारा पाइन्छ भन्ने विश्वास रहेको अध्यक्ष चौधरीले बताए ।

‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारू दिदीबहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकारूपमा बाँड्ने गरिन्छ । दिदीबहिनीहरूले चना, मकै, केराउलगायत परिकारका भुजा प्रसादका रूपमा बाँड्ने गर्छन् ।

भलमन्सा चौधरीका अनुसार चोकमा ठटाएको भुजा र कपडाको टुक्राको सङ्कलन गरेर घरतिर लग्ने गरिन्छ । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कंदा र दुबोलाई घरमा राख्दा दुःखकष्ट र सर्पहरू घरबाट निस्केर जाने विश्वास छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले