१२ पुस २०८२, शनिबार | December 27, 2025

तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते



तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : ४५ बजे

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा

बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग ओली, देउवा र प्रचण्डको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल

अर्घाखाँचीको नरपानीमा होमस्टे व्यवस्थापन तालिम

अर्घाखाँची । पर्यटकीयस्थल नरपानी पोखेडाँडामा होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन