१२ पुस २०८२, शनिबार | December 27, 2025

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का


२६ श्रावण २०८१, शनिबार  

104
Shares

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बताए ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ । घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।

डुबेर तीन वर्षीय बालकको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर एक नबालकको मृत्यु भएको छ । स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा आज घर नजिकको ढाङ्ग्राखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।

खोलामा डुबेका बालकलाई उद्धार गरी आज दिउँसो १ बजे प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक नबालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : ५० बजे

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा

बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग ओली, देउवा र प्रचण्डको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल

अर्घाखाँचीको नरपानीमा होमस्टे व्यवस्थापन तालिम

अर्घाखाँची । पर्यटकीयस्थल नरपानी पोखेडाँडामा होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन