८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरू



सुर्खेत । आगामी मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक सय दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरू भएको छ ।

प्रतियोगिताको आयोजक कर्णाली प्रदेशले आज दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बनाएको गीत सार्वजनिक गरेको छ । गीत सार्वजनिक गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगितामा स्वर्ण पदक जित्ने गरी तयारी गर्न परिषद् र खेलकुदसँग सम्बन्धित सबै सङ्घलाई आग्रह गरे । उनले भने, “राजनीतिले विभाजित देशलाई खेलकुदका माध्यमबाट जोड्दै छौँ । यसमा कर्णाली सक्षम छ भन्ने सन्देश दिने प्रयास हुँदैछ । तोकिएको मितिमै खेलकुद प्रतियोगिता सम्पन्न हुनेगरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक समन्वय गरी थप कार्य अगाडि बढाउँछौँ ।” मन्त्री भण्डारीले रङ्गाशाला निर्माण कम्पनीलाई समयमै पूर्वाधार निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिए ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले रङ्गशालाको ९० प्रतिशत कार्यसम्पन्न भएको जानकारी दिए । “दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एक सय दिनमा हामीले पूर्वाधार निर्माण सम्पन्न मात्र नभई बसोबास र यातायातको सबै तयारी गर्नुछ,” उनले भने, “अब दिन होइन, घण्टाको हिसाबले युद्धस्तरमा काम गर्छौं ।”

सदस्यसचिव सञ्ज्यालले कर्णालीमा २४ खेल प्रतियोगिता सञ्चालन गर्न सकिने सोहीअनुसार यहाँका दश जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार निर्माणका काम धमाधम भइरहेका बताए ।

परिषद्ले प्रतियोगिताको लोगो (प्रतीक चिह्न) र मस्कट केही दिनमा सार्वजनिक हुने जनाएको छ । सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, सङ्गीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : ४० बजे

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस

आइतबारभित्र अनुसन्धान नसके दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म,